२०८१ आश्विन ७ , सोमवार

सिरहाबाट अपहरित १९ बर्षिय युवकको हत्यामा साथीहरुकै संलग्नता

सुनाखरी न्युज/ काठमाडौं ।

सिरहाबाट अपहरित युवाको हत्यामा आफ्नै साथीहरुको संलग्नता भेटिएको छ ।

सिरहाबाट अपहरण गरेर बिराटनगरमा भएको १९ वर्षका अंशु सदाको हत्यामा प्रहरीले उनकै तीनजना साथीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

स्रोतका अनुसार उनीहरुले परिवारसँग एक लाख रुपैयाँ फिरौती मागेका थिए । तर परिवारको आर्थिक हैसियत त्यति रकम दिन सक्ने थिएन । बिहीबार इलाका प्रहरी कार्यालय, गोलबजार पुगेर सदाकी आमा ललिताले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाका मनोज कार्की, राकेश यादव र विंसु मण्डल छन् । उनीहरुका थप एकजना साथी फरार छन् । सबै मृतकसँग चिनजान भएकै व्यक्तिहरु हुन् ।