२०८१ पुष २८ , आइतवार

बार्षिक ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले बार्षिक  ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने व्यवस्था गरेको छ। निर्यात अनुदान गर्नेसम्बन्धी (दोस्रो संशोधन)  कार्यविधि, २०७९ ले उक्त व्यवस्था गरेको हो।

‘कुनै उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रूपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यको आधारमा ८ प्रतिशत नगद अनुदान उपलब्ध गराइने छ,’ कार्यविधिमा भनिएको छ।

हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थको रूपमा प्रयोग हुने०, काष्ठकला, प्रशोधित तथा अर्धप्रशोधित जडिबुटी –यार्सागुम्बा) तथा सारयुक्त तेल, प्रशोधित तथा अर्धप्रशोधित बेसार, ताजा तरकारी –परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुकमा निर्यात गरेमा०, पुष्प, प्रशोधित तथा अर्ध प्रशोधित अलैंची, अदुवा, दूधजन्य पदार्थ (दूध, चिज, पनिर, छुर्पी फ्याट), फलफूल र अम्रिसोलगायतका वस्तु पचास प्रतिशत मूल्य अभिवृद्धि हुने गरी उत्पान भएको वस्तुमा कुल निर्यातको पाँच प्रतिशत नगद अनुदान दिइने छ।

यस्ता वस्तु ८० प्रतिशत मूल्य अभिवृद्धि हुने गरी उत्पादन गरे एक प्रतिशत नगद अनुदान दिइने छ।

त्यस्तै, पश्मिना तथा पश्मिनाबाट उत्पादिन सामान, क्लिंकर, सिमेन्ट, स्टिल, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड लगायतका सामान तीस प्रतिशत मूल्य अभिवृद्धि हुनेगरी उत्पादन गरेमा कुल निर्यातको चार प्रतिशत नगद अनुदान दिइने कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा उल्लेख भएअनुसार यस्ता वस्तु ७० प्रतिशत मूल्य अभिवृद्धि हुने गरी उत्पादन गरे कुल निर्यातको एक प्रतिशत नगद अनुदान दिइने छ।

राष्ट्रिय स्तरको सामूहिक ट्रेडमार्क मार्फत यस्ता वस्तुको निर्यात गरेमा कुल निर्यात मूल्यको एक प्रतिशत नगद अनुदान दिइने छ।यस्ता वस्तु अघिल्लो आर्थिक वर्ष निर्यात गरेको परिमाणभन्दा २० प्रतिशतभन्दा बढी निर्यात गरेमा त्यसरी बढी निर्यात गरेको मूल्यको एक प्रतिशतले हुन आउने रकम अनुदान दिइने कार्यविधिले व्यवस्था गरेको छ।