२०८१ मंसिर ११ , मंगलबार

सत्यमोहन जोशीको शव दाहसंस्कार नगरिने, अध्ययनका लागि अस्पतालमै रहने

सुनाखरी न्युज/ काठमाडौं । आईतबार बिहानै निधन भएका संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि अस्पतालमै रहने भएको छ ।

उनले यसअघि नै शरीर दान गरिसकेकाले उनको शव दाहसंस्कार नगरिने भएको हो । अब उनको शव आजै अध्ययनका लागि अस्पतललाई हस्तान्तरण गरिने भएको छ ।

जोशीको आईतबार बिहानै ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।