२०८१ मंसिर ९ , आइतवार

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । पोखराको सराङकोटमा आइतबार राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

 

निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई उडान रोकेको हो ।

यसले देशभर प्याराग्लाइडिङ उडान बन्द हुनेछ ।