२०८१ मंसिर ११ , मंगलबार

हराइरहेका दुई बालबालिकाको शव गाडिएको अवस्थामा फेला, अनुसन्धान गर्दै प्रहरी

सुनाखरी न्युज/ दाङ । हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।

 

 

तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ ।

 

शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।