२०८१ कार्तिक २२ , बिहिवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।