२०८१ पुष ११ , बिहिवार

संयुक्त राष्ट्र सङ्घका महासचिव भारत आउँदै

सुनाखरी न्युज/ नयाँ दिल्ली ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतका आउने भएका छन् । उनले यसअघि सन् २०१८ को अक्टोबर १ देखि ४ सम्म आफ्नो पहिलो कार्यकालमा पनि भारतको भ्रमण गरेका थिए ।

सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसङ्घका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनेछन्।

 

गुटेर्रेसले मुम्बईको ताज महल प्यालेस होटलमा २६र११ को आतङ्कवादी हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो भारत भ्रमणको सुरुवात गर्नेछन् । उनले आइआइटी मुम्बईमा संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नेछन् ।

 

एएनआई