२०८१ मंसिर ९ , आइतवार

एक दर्जन बैंकसहित ४५ वटा कम्पनीले मागे ब्रोकर लाइसेन्स, कसले के काम गर्ने ? (सूचि सहित)

सुनाखरी न्युज/ काठमाडौं ।
ब्रोकर कम्पनीको लागि  ११ वटा वाणिज्य बैंक सहित ४५ वटा संस्थाले अनुमतिको लागि आवेदन दिएका छन्। असोज २ गतेबाट ब्रोकरको लागि आवेदन खुला गरिएको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परेको यी आवेदनको आधारमा धितोपत्र बोर्डलाई नेप्सेले सिफारिश गर्नेछ। नेप्सेका अनुसार आवेदन दिने बैंकहरूमा हिमालयन, एनआइसी एशिया, प्रभु, माछापुच्छ्रे, मेगा, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, नबिल, सानिमा, सनराइज र सेञ्चुरी कमर्सियल बैंकले ब्रोकरको लागि अनुमति दिएका हुन्।

चार कम्पनीले मात्रै नियमितभन्दा थप काम गर्ने उद्देश्य सहित आवेदन दिएका छन्। पछिल्लो व्यवस्था अनुसार ग्राहकबाट सेयर किनबेचको आदेश लिने काम मात्र गर्ने ब्रोकरका लागि चुक्ता पुँजी २० करोड हुनुपर्ने व्यवस्था छ।

यसबाहेक मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्य (डिपी) को काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रूपैयाँ तोकिएको छ।

त्यस्तै, आफ्नो लागि समेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी एक अर्ब ५० करोड रूपैयाँ तोकिएको छ।

नबिल सेक्युरिटिजले मात्रै आफ्नो लागि समेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्ने गरी अनुमति मागेको छ।

त्यस्तै, मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्य (डिपी) को काम गर्ने गरी हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेक्युरिटिज, मेगा स्टक मार्केटले अनुमति मागेका हुन्।

यी हुन् ब्रोकर अनुमतिको लागि आवेदन दिने कम्पनीहरू: