२०८१ आश्विन ६ , आइतवार

सेक्स गर्दा कसलाइ बढी आनन्द मिल्छ ? महिला या पुरुषलाई ?

सुनाखरी न्युज/ काठमाडौं ।
पुरुष र महिलाहरूको यौन ब्यवहारमा ठूलो अन्तर हुन्छ । यौनसम्पर्क पश्चात् कुनै पनि पुरुष १ देखि ३ मिनेटको बीचमा स्खलित हुन्छ ।

पुरुष यति छिटो स्खलित हुने र महिलाहरूमा यौनचाहना ल्याउनै लगभग १५–२० मिनेट लाग्ने हुनाले अधिकांश महिला यौनसुखबाट टाढा रहन बाध्य भएको पनि कतिपय अध्ययनले बताएका छन् ।

वास्तवमै पहिलो पटकको यौनसम्पर्कमा उत्तेजना ल्याउन धेरै समय लाग्छ । भनिन्छ, मानिससंग पर्याप्त क्षमता छ भने उसले आफ्नो पार्टनरलाई सन्तुष्टि दिन सक्छ ।

तर, पर्याप्त क्षमता हुँदैमा पार्टनर सन्तुष्ट हुन्छिन् भन्न सकिदैन

 

निजी मामिलामा महिलाहरू प्रायः अँध्यारो स्थान रुचाउँछन् भने पुरुषहरू उज्यालो स्थान रुचाउँछन् ।

यदि महिला पार्टनरलाई यौनसम्बन्धका बारेमा कुनै जानकारी छैन भने पुरुषको यौन सक्षमताले मात्र उनको चाहना पूरा गर्न सक्दैन ।

यौनसम्बन्धमा महिलालाई सन्तुष्ट बनाउन सक्नु नै ठूलो कला हो ।

दुवैमा पर्याप्त उत्तेजना उत्पन्न भएमात्र एकले अर्काको चाहना पूरा गर्न सक्छन् ।

 

समाज पुरुषप्रधान भएकाले पनि महिलाहरूले आफ्नो यौन आवश्यकतालाई मनमा लुकाएर पुरुष पार्टनरको चाहनामात्र पूरा गरेको देखिन्छ ।

महिलाहरूमा उत्तेजना ढिलो उत्पन्न हुने हुँदा ढिलै शिथिल हुन्छन् । तर पुरुषहरूमा उत्तेजना छिटो जाग्रित हुने हुँदा स्खलनसंगै उनीहरू शिथिल अवस्थामा चाडैं पुग्छन् ।

पश्चिमेली प्रभावका कारण केही सहरी क्षेत्रमा यस्ता बिषयमा राम्रो ख्याल गरिए पनि ग्रामीण क्षेत्रमा भने अधिकांश महिला चरम सुखबाट वञ्चित हुनुपरेको अध्ययनले देखाउँछ ।
एजेन्सी