२०८१ कार्तिक २२ , बिहिवार

आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नर्गन, घरदैलोको कार्यक्रम गर्दा सरक्षकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न सचेत गराएका हुन् ।

 

आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको उल्लेख गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको हो ।