सुनाखरी न्युज/ काठमाडौं । लगभग साँढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । तीमध्यएकदमै थोरै मात्र हरेक वर्षको दसैंमा घर आउन सक्छन् ।
एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् । नेपालीहरुको महान चाड विजयादशमीतथादिपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ । सम्बन्धउत्सव स्वादसँगक्याम्पेनअन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामाकुवेत गएका र धेरै लामो समयसम्मआफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीदाजु–भाई, दिदी–बहिनीहरुलाई नेपालल्याएको थियो। वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपालफर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलनहुँदाको म्याजिकलपलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनिबनाएको छ,जसलाई कोका–कोलाको युट्युबच्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी मायातामाङ्ग,“११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैं र तिहारमाआफ्नो परिवारसँग हुननपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपालआउनपाएको छु र परिवारसँग दसैं–तिहार मनाउनपाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्षपछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।”उनले भनिन् । क्याम्पेनको बारेमाबोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “कोका–कोला सम्बन्धहरुमाविश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिकबनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दसैं थिमपनिसम्बन्धउत्सव स्वादसँग राखेका छौँ ।
यसै सन्दर्भमाहामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ । किनभने दसैंको मुख्यआकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमावहाँहरुलाई आफ्नो परिवारसँग मिलन गराउनपाएकोमाहामीलाई पनिखुशीलागेको छ । ”सम्बन्धउत्सव स्वादसँगक्याप्म्पेनको मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने हो ।