२०८१ पुष २७ , शनिवार

नेलम्बो नेपालको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्मपन्न

सुनाखरी न्युज/ पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपाल र मादी गाउँपालिकाको संयुक्त आयोजनामा मादी गाउँपालिका वडा नं. १ सिक्लेस स्वास्थ्य चौकीमा ३ दिन सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

 

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक, कान, घाँटी, सामान्य जाँच, दन्त रोगको उपचार, गरिएको थियो । शिविरमा ल्याब, इसिजि, भिडियो एक्सरे जस्ता सेवाहरु पनि उपलब्ध गराईको थियो । ३ दिन सम्म सञ्चालन भएको शिविरमा जम्मा ५४४ जनाले सेवा लिएका थिए । सो शिविरमा स्त्रीरोग सम्बन्धी ११४ सेवा हाडजोर्नी सम्बन्धी २४६ सेवा, छालासम्बन्धी ४६ सेवा, नाक, कान, घाँटी सम्बन्धी ११२ सेवा, सामन्य चेक जाँच सम्बन्धी ३२७ सेवा, गरी जम्मा कुल १३६५ सेवा प्रदान गरिएको थियो । त्यसैगरी ल्याबमा पिसाब परीक्षण १४६रगत परीक्षण १७९ र खकार परीक्षण १३० गरी कुल ४५५ सेवा प्रदान भएको थियो । उक्त कार्यक्रममा डा. प्रकाश कार्की, डा. अंकुर के.सी. डा. विनोद वराल र डा. सिजन मसार्नीले सेवा प्रदान गर्नु भएको थियो । उक्त शिविरमा संस्वयम सेवकको रुपमा सिक्लेस स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु स्वास्थ्य चौकी प्रमुख किरण भुजेल, दौलत बहादुर के.सी. पूर्णीमा गुरुङ्ग, मनिषा गुरुङ्ग, दल कुमारी क्षेत्री, वविता गुरुङ्ग, भीम माया गुरुङ्ग, पदम बहादुर गुरुङ्ग, खिम बहादुर गुरुङ्ग, सोनी गुरूङ्ग, देवी श्रेष्ठ लगायतले शिविरमा सहयोग गर्नु भएको थियो ।

 

त्यसै गरी उक्त शिविरमा नेलम्बो नेपालका फण्डिङ्ग एण्ड पार्टनरसीप संयोजक डा.किसन कोइराला, कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, निर्मला देवकोटा, शमिका बस्नेत, रवि गुरुङ्ग, रुपेस गुरुङ्ग, नम्रता ढुङ्गाना, कृष्ण प्रसाद देवकोटा, शुशिल त्रिपाठी, नर्सहरु रुपा पुन, एलिना खण्डकी, अस्मीता छिमाल, अन्जु वि.क. को टिम उपचारमा संलग्न भएको थियो । उक्त कार्यक्रममा मादी गाउँ पालिकाका स्वास्थ्य संयोजक गोपाल चन्द्र वरालले नेलम्बो नेपाल र मादी गाउँ पालिकाले संयुक्त रुपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी भएको र धेरै भन्दा धेरै सेवाग्रहीहरुले सेवा लिएको र लक्ष अनुरुप सेवा दिन सफल भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

 

त्यसै गरी नेलम्बो नेपालका अध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि एकदेव देवकोटाले नेलम्बो नेपालले मादी गाउँपालिकासँग सहकार्य गरेर कार्य गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो । उहाँले सिक्लेसमा आएर सेवा दिनु हुने सम्पूर्ण प्राविधि टिम, स्वयम् सेवक, गाउँपालिकको सहयोग, मादी गाउँपालिका वडा नं. १ लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सहकार्यमा मात्र कुनै पनि कार्य गर्दा त्यसको अपनत्व र सफलता हुने पनि व्यक्त गर्नु भयो । यो निःशुल्क स्वास्थ्य शिविरलाई मादी गाउँपालिका र त्यस अन्र्तगतको स्वास्थ्य शाखाले अपनत्व लिई यस कार्यक्रमलाई केन्द्रमा राखी भव्य रुपमा सम्पन्न गरेकोमा हार्दिक आभार व्यक्त गर्नु भयो ।

 

मादी गाउँपालिका वडा नं. १ का अध्यक्ष देवी जंग गुरुङ्गले नेलम्बो नेपालल र मादी गाउँपालिकाको संयुक्त आयोजनामा र वडा नं. १ को स्थानीय व्यवस्थापनमा सञ्चालीत कार्यक्रम पूर्ण रुपमा सफल भएकोमा सम्बन्धीत सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । एउटा अस्पताल सरहको सेवा घरदैलोमा नै प्रदान गर्नु भएकोमा नेलम्बो नेपाललाई विशेष आभार व्यक्त गर्नु भयो । वडा नं. १ का अध्यक्ष देवी जंग गुरुङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रम सिक्लेस स्वास्थ्य चौकी प्रमुख किरण बाबु भुजेलले सञ्चालन गर्नु भएको थियो ।