२०८१ मंसिर ८ , शनिवार

टाटा मोटर्सद्वारा विद्धुतीय गाडीको आपूर्तिमा वृद्धि, माग अनुसारको गाडी बिक्रि गर्न सहज

सुनाखरी न्युज/ काठमाडौं । हजार भन्दा बढी बुकिङ्ग सहित टाटा मोटर्स को सबै भन्दा मन पराईएको लोकप्रियनेक्सन र टिगोर मोडेलको विद्धुतीय गाडीहरुको माग नेपालीबजारमा तिब्र गतिमा बढिरहेको छ।

 

टाटा मोटर्स को विद्धुतीय गाडीको मागआन्तरिक एवं बाह्यदुवै बजारमा वृद्धि भइरहेको छ। यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ। नेपालीबजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्धुतीय गाडीको आपूर्ति गरिरहेको छ।यस किसिमको आपूर्तिमा वृद्धि हुँदाबूकिंग गरेर गाडी कुरिरहनु भएकाग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन ।

 

यसैगरी फोर्ड इंडिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ। प्राविधिक रुपले समुन्नतयसको प्रतिवर्ष ४,२०,००० इकाई विद्धुतीय गाडी उत्पादन गर्ने क्षमताहुनेछ। कम्पनीले यो प्लान्टमा आवश्यकलगानीयसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुपविकास गर्नेछ।टाटा मोटर्स लेविभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्धुतीय गाडी बजार ल्याउने तयारी गर्दैछ।टाटा मोटर्स ले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्धुतीय गाडीहरुको विक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको ।

 

चार्जिंग र ग्राहक सेवा सम्बन्धि बृहतपूर्वाधारसहितयी गाडीहरुले निरन्तर बजार विस्तार भईरहेको छ। टाटा मोटर्स को नेपालस्थित आधिकारिक विक्रेतासिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको छ।