२०८१ पुष ११ , बिहिवार

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको उपाधि

सुनाखरी न्युज/ काठमाडौं ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ । स्याङ्जाको वालिङमा बिहीबार  भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।

 

एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काइन् ।

 

महिला फुटबलमा कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७-० ले पराजित गरेको थियो ।