२०८१ आश्विन ७ , सोमवार

वर्षा सिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । बिहिबार दिउँसोदेखि उनको फेसबुक  डिएक्टिभेट भएको छ । उनको इन्स्टाग्राम भने एक्टिभ नै छ ।

 

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् ।

वर्षाको उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ । आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।