सुनाखरी न्युज/ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईलगायत खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न चेतावनी दिएको छ।
विभागले आज एक सूचना प्रकाशित गर्दै मिठाइलगायतका खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न खाद्य उत्पादकहरुलाई चेतावनी दिएको हो। विभागले स्वीकृत गरिएका खाद्य रङहरु तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थ उत्पादन एवं बिक्रीवितरण गर्न सूचित गरेको छ।
विभागबाट स्वीकृत खाद्य रङहरुबाहेक अन्य अखाद्य रङहरु प्रयोग नगर्न र प्रयोग गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने पनि विभागले स्पष्ट पारेको छ।