२०८१ मंसिर ९ , आइतवार

शेयर बजारमा दोहोरो अंकको सुधार

सुनाखरी न्युज/ काठमाडौं । निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजारमा आज दोहोरो अंकको वृद्धि भएको भएको । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तिहार अघिको अन्तिम कारोबारको आइतबार दोहोरो अंकले बढेर बन्द भएको हो ।

 

शेयर बजारमा सुधार देखिएसँगै वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आइतबार एभरेष्ट बैंक, नबिल, नेपाल बैंक र एनआइसी एसिया बैंकको संस्थापक शेयरको अत्याधिक कारोबार भएको छ । आज नेप्से १४.३५ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ४९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १.३८ अंकले घटेर एक हजार ८ सय ४४ दशमलब १४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । आज नेप्सेमा ५१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ५० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये १३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रु रु जलविद्युत्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज सिटिजन म्युचुलअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज पाँच करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।