२०८१ मंसिर १२ , बुधवार

नेताहरूलाई लाञ्छना लगाउने झुटा फेसबुक पेज र ग्रुप तत्काल हटाउन निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
निर्वाचन आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुठ फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ ।

 

सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आयोगले ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेज र ग्रुप हटाउन आयोगले निर्देशन दिएको हो ।

 

 

नेताहरूलाई लाञ्छना लगाउँदै बनेका त्यस्ता ग्रुप र पेज तत्काल हटाइ अब यस्ता किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको पनि आयोगले विज्ञप्ति मार्फत् चेतावनी दिएको छ ।