सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको तिहार सम्पन्न भएको छ । तर, तिहारको बिदा मिलाउन सरकारी कार्यालयहरू आज पनि बन्द छन् ।
तिहारको मुख्य दिन बिहीबार भाइटिका लगाएसँगै यस वर्षको तिहार सम्पन्न भएको हो । बिहीबार बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइत भएपनि दिनभरी नैं भाइटिका लगाईएको थियो । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने टिका लगाउनुभएन । राष्ट्रपति भण्डारीको माइतिघरमा जुठो परेकोले उहाँले टिका नलगाउनुभएको हो ।
यसैगरी प्रधानमन्त्री देउवा पनि भातृशोकमा रहेका कारण टिका नलगाउनुभएको हो । यस वर्षको तिहार बिहीबारबाट सकिएपनि सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । टिका लगाउन आ आफ्नो थातथलो गएका मानिसहरू आज मात्रै कार्यथलो फर्कन भ्याउने र भोलि शनिबार भएको कारण सरकारले आज एक दिन तिहारको बिदा थपिदिएको हो ।