२०८१ मंसिर १३ , बिहिवार

अधिकांस बैंकको वेस रेट दोहोरो अंकमा, कुन बैंकको कति ?

सुनाखरी न्युज/ काठमाडौं ।
अधिकांस वाणिज्य बैंकहरुको औसत आधार दर दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार औसत आधार दर १०.२६ अंकमा पुगेको छ । गत वर्षको असोज मसान्तसम्म औसत निक्षेप जम्मा ७.४४ प्रतिशत मात्रै थियो । निक्षेपकर्तालाई दिने ब्याजदर नै बढ्दै गएपछि बैंकहरुको आधार दर पनि बढ्न गएको हो ।

 

औसत आधार दर बढ्दा बैंकबाट ऋण लिएकालाई पनि ब्याज बढ्न जान्छ । त्यहीं औसत आधार दरमा भएको वृद्धिअनुसार बैंकहरुले ३–३ महिनामा ऋणीलाई पनि ब्याज बढाउन पाउने व्यवस्था छ । लगानीयोग्य रकमको चरम अभावले गर्दा निक्षेपमा ब्याजदर बढ्न पुगेको छ । अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा नै १२.१३ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।

नयाँ ऋण लिनेका लागि पनि बैंकहरुको आधार दर महत्वपूर्ण हुन्छ ।

असोज मसान्तसम्म १८ वाणिज्य बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ भने ८ बैंकको आधार दर भने एकल अंकमा छ । सरकारी स्वामित्व रहेका तीन बैंक राष्ट्रिय वाणिज्य, नेपाल र कृषि विकास बैंकको आधार दर एकल अंकमा अडिएको छ । त्यस्तै नबिल, इन्भेस्टमेन्ट, एभरेस्ट, स्टान्डर्ड चार्टड र प्रभु बैंकको आधार दर पनि एकल अंकमा छ । अन्यबाट भन्दा यी बैंकबाट ऋण लिँदा ब्याजदर केही कम पर्न जान्छ ।

कुन बैंकको आधार दर कति ?