सुनाखरी न्युज/ काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निधो गरेको छ । सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्षमा गठबन्धन पुगेको हो ।
गठबन्धनले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ– ‘केही स्थानमरुमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको ती स्थानहरुमा एकापमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’ सत्ता साझेदार दलहरुले आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै गठबन्धनका उम्मेदवारको सूची सार्वजनिक गरिएको जनाएका छन् ।
गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ । चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको भने हस्ताक्षर छैन् ।