२०८१ पुष ११ , बिहिवार

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजायको माग दाबी

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हो । जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो ।

 

संहिताको दफा २१९ को उपदफा ३ ९घ० मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको नेउपानेले बताए ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।