२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री रम्भाको क्यानडामा कार दुर्घटना

सुनाखरी न्युज /सलमान खानसँग फिल्म जुडवामा देखिएकी अभिनेत्री रम्भा दुुर्घटनामा परेकी छिन । अभिनेत्रीको कार क्यानडामा दुर्घटना भएको हो । अभिनेत्रीले आफैंले इन्स्टाग्राममा केही तस्विर शेयर गरेर यो जानकारी दिएकी हुन ।

 

बलिउड अभिनेत्री रम्भाको कार दुर्घटनामा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ । अभिनेत्री रम्भाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दुर्घटनाको जानकारी दिएकी हुन् । जसमा उनले आफ्नो छोरीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न समेत अनुरोध गरेकी छन् । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन ।

उनले दक्षिण भारतीय र बलिउड गरेर १०० भन्दा बढी फिल्म अभिनय गरेकी छन । रम्भाले बलिउडदेखि तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी फिल्ममा काम गरिसकेकी छिन् । यद्यपि अभिनेत्रीले बलिउड फिल्ममा कम काम गरेकी छिन् । सन २०१० मा उनले व्यापारी इन्द्रन पद्मनाथनसँग विवाह गरिन् । विवाहपछि रम्भाले बलिउडलाई सदाका लागि अलविदा गरिन र श्रीमानसँग क्यानडा सरिन । नायिका तीन सन्तानहरु दुई छोरी र एक छोराकी आमा हुन् । उनी सामाजिक सञ्जालमा आफ्नो परिवारसँगको तस्विर र भिडियो शेयर गरिरहेकी छिन । एजेन्सी