२०८१ पुष २७ , शनिवार

जाडोमा ओठलाई कसरी मुलायम बनाउने ? यस्तो छ तरिका

 

सुनाखरी न्युज /जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन ।

– ओठको सौन्दर्यलाई जोगाइराख्न लिप बामको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा खासगरी बाइकमा यात्रा     गर्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । ओठलाई खराब बनाउने धुम्रपान पनि हो । यी कुरामा ख्याल गरेर     ओठलाई सुरक्षा गर्न सकिन्छ ।

– राम्रो ब्रान्डको ग्लिसिरिनयुक्त, मोइस्चराइजर बढी भएको लिप बाम प्रभावकारी हुन्छ । निभिया, लोटस ब्रान्डका लिप बाम राम्रो हुन्छ ।     सामान्यतः तीन सय रुपैयाँभन्दा माथिको लिप बाम स्तरीय हुन्छ ।

– सनस्क्रिनयुक्त लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यतिबेला चर्को घामको असर छालामा जस्तै ओठमा पनि पर्न सक्छ । लिप   बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लिप बाम लगाउनु जरुरी हुन्छ ।

– मोइस्चराइजरयुक्त लिपिस्टिकले ओठलाई मुलायम र राम्रो बनाउन मद्दत गर्छ । तर खाली म्याटको लिपिस्टिक मात्रै प्रयोग गर्न भने हुँदैन ।   यसले ओठलाई झन कालो बनाउँछ । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– ओठलाई मुलायम बनाइराख्न हामीले महको प्रयोग ओठमा गर्न सक्छौं । यसले ओठलाई कालो हुन दिंदैन । नौनीले पनि ओठलाई राम्रो   बनाउँछ । राति सुत्नुअघि लगाएर सुत्दा ओठलाई मुलायम बनाउँछ ।

–  बाहिरी प्रोडक्टले मात्र नभई ओठलाई स्वस्थ राख्न हामीले के खानेकुरा खाइरहेका छौं भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । त्यसैले ओठलाई मुलायम र स्वस्थ राख्न पर्याप्त पानी खाने, फलफूल बढी खाने गर्नुपर्छ ।

–  चिसो हावा, सूर्यको किरणजस्ता वातावरणीय प्रभाव, गुणस्तरहीन लिप कलर प्रयोग गर्ने, पानी कम खाँदा ओठ फुट्ने, कलेंटी पर्नेजस्ता  समस्या आउँछ । आफ्नो ओठ फुस्रो भएमा लगातार चाट्ने बानी गर्नु हुँदैन । किनभने यो प्रक्रियाले थप सुख्खापन आउन सक्छ ।

–  घिउकुमारी स् घिउकुमारीले ओठलाई मुलायम र कोमल बनाइराख्न सहयोग गर्छ ।

–  मह स् महलाई एक अद्भूत मोइस्चराइजर भनिन्छ । जसमा फुटेको ओठको उपचार गर्न निको पार्ने र जीवाणु प्रतिरोधी गुण छन् । मह र ग्लिसिरिनको मिश्रण बनाएर ओठमा लगाएर रातभर छाड्नुपर्छ ।

– गुलाब र दूध स् केही ताजा गुलाब लिने र तिनीहरूलाई केही घण्टाको लागि काँचो दूधमा डुबाउनुपर्छ । अब यो दूध दिनमा कम्तीमा दुईदेखि तीन पटकआफ्नो ओठमा लगाउँदा प्रभावकारी हुन्छ । दूध र गुलाबमा मोइस्चराइजिङ प्रभाव हुन्छ, जसले तपाईंको ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।

– चिनी स् चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ । तिनीहरूलाई कोमल र नरम देखाउँछ । अलिकति मह लिएर यसमा चिनी मिसाएर स्क्रब गर्ने र आफ्नो ओठमा राम्रोसँग मसाज गर्नुपर्छ । यसलाई केहीबेर राख्ने, मनतातो पानीले धुने र त्यसपछि प्राकृतिक लिपबाम लगाउनु राम्रो हुन्छ ।

–  नरिवल तेल उत्तम प्राकृतिक मोइस्चराइजरमध्ये एक हो । नरिवलको तेलले आफ्नो ओठमा मसाज गरे ओठलाई सुरक्षा प्रदान गर्छ ।