२०८१ कार्तिक २२ , बिहिवार

शेयर बजारमा उछाल

सुनाखरी न्युज/ काठमाडौं । यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजारमा उछाल देखिएको छ । मंगलबार ५६.११ अंकले वृद्धि भएर नेप्से एक हजार नौं सय तीस दशमलब ९९ अंकमा बन्द भएको छ ।

 

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अंकले बढेर एक हजार ८ सय ७४ दशमलब ८७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने खासै सुधार भएको छैन । आज नेप्सेमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ६९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबार भएका कम्पनीमध्ये १८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८८.२० रुपैयाँ पुगेको छ युनिर्भसल पावर कम्पनीको ९ प्रतिशतले बढेर प्रतिकित्ता २१८ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिन म्युचुअल फण्ड –१शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।