२०८१ आश्विन ७ , सोमवार

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

सुनाखरी न्युज/ काठमाडौं ।
अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । उनले ग्रान्डी सिटी अस्पतालमा मंगलबार दिउँसो  पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । खबरको पुष्टि मिडियाकर्मी उत्सव रसाइलीले गरेका हुन् ।
उनले दुई वर्ष अघि धनगढीका विजयेन्द्र सिंह रावतसँग प्रेम विवाह गरेकी थिइन् ।
केही दिन अघि मात्रै उनको दही चिउरा र बेबी सावर कार्यक्रमको आयोजना गरिएको थियो । त्यतिबेला उनी केही भावुकसमेत देखिएकी थिइन् ।