२०८१ पुष २८ , आइतवार

नेपाल भारत अन्तर जिल्ला सीमा समन्वय बैठक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल भारत अन्तर जिल्ला सीमा समन्वय बैठक सम्पन्न भएको छ । भारत बिहारको रक्सौलमा मंगलबार बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मंसिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको छ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी ब.सु.पूर्व र पश्चिमका सीमा २०७९ मंसिर २ देखि ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको । प्रतिनिधि मण्डलमा नेपालका जिल्लाका तर्फबाट बैठकमा नेतृत्व नवलपरासी ब.सु.पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले गर्नु भएको थियो । ६ जिल्लाका प्र.जि.अ./स.प्र.जि.अ. तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू सम्मिलित बैठकमा सूचना प्रेषणमा
प्रभावकारिता, अन्तरसीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।