२०८१ आश्विन ७ , सोमवार

‘अबको भिजन, गुणस्तरीय जीवन’

सुनाखरी न्युज/ काठमाडौं ।  राजनीतिक परिवर्तनसँगै विश्वमा भएका प्रतिस्पर्धात्मक प्रगति अब हाम्रा सामु ठूलै चुनौती बन्न पुगेका छन् ।

 

हरेक नेपालीको आत्मसम्मान, स्वाभिमान र समृद्धिप्रति हामी शब्द र कर्ममै प्रतिबद्ध छौँ, रहने छौँ । हामी एक अर्कालाई सम्मान गर्छौँ र सहकार्यका लागि सँधै तयार हुन्छौँ । हाम्रो यही प्रतिबद्धताका आधारमा सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ भने नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ । हामी दिने र लिने संस्कारबाट माथि उठेर समानतासहितको स्वतन्त्र समाज निर्माणको बाटोमा अगाडि बढेका छौँ । यो उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनु पर्नेछ ।

 

नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएका छन् । ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको छ भने स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ । त्यस्तै भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो । समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ । तसर्थ एकातिर हामीले तयार गरेको राजनीतिक आधारको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी राख्नुपर्ने छ भने अर्कोतर्फ समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्नेछ । हाम्रा यिनै अभिभारा पूरा गर्नका निम्ति हामी यहाँहरू माझ प्रस्तुत भएका छौं ।

 

विगतमा ललितपुरबासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्वपूर्ण सम्पतिका रुपमा अभिलेखित हुन पुगेको छ । आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु । जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछु ।

हामी ललितपुरबासीका लागि कला, संम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार हो । यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नु पर्छ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।

 

यसरी अबको पाँच वर्षमा ललितपुरबासीको गुणस्तरीय जीवन (त्तगबष्तिथ ीषभ) जीउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौं ।

गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लरहरू

क) अर्थतन्त्र
ख) पर्यावरण÷वातावरण
ग) समाज

(क) पर्यटनमा आधारित अर्थतन्त्र

गुणस्तरीय जीवनका लागि एक महत्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
ड्ड ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने ।
– रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने ।
– हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने ।
– पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने ।
– स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने ।
– पर्यटन उद्यमलाई प्रोत्साहन गरिने ।

 

(ख) पर्यावरणमैत्री पूर्वाधार

ललितपुरबासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झै प्रतिबद्ध छु ।
– निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने ।
– विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने ।
– गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने ।
– अध्ययन सम्पन्न भएका स्थान (ग्वार्को, सातदोबाटो र एकान्तकुना) मा Flyover निर्माण गरिने ।
– स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने ।
– स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने ।
– जनसहभागितामुलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने ।
– कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने ।

(ग) समतामूलक समाज
स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ ।
– हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन ।
– महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका ।
– महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम ।
– स्थानीय युवाका लागि रोजगारमूलक तालिम, Fellowship, Internship र व्यवसायको अवसर ।
– बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने ।
– ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने ।
– क्लब र समूहलाई सबल तुल्याई परिचालन ।
– शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण ।
– ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता ।
– ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवद्र्धन ।
जय देश, जय जनता !