२०८१ मंसिर ५ , बुधवार

मतदाता लाई राजनीति भन्दा माथि उठेर यसपटक मतदान गर्न पाण्डेको आव्हान

 

सुनाखरी न्युज/ चितवन। राप्रपा वरिष्ठ उपाध्यक्ष एवम पुर्वमन्त्री विक्रम पाण्डेले आम मतदाता लाई राजनीति भन्दा माथि उठेर यसपटक मतदान गर्न आव्हान गर्नु भएको छ।

नारायणी नदिमा स्नान पछि भरतपुर १६ मा रहेको सिद्धि गणेश मन्दिरको पुजा अर्चना र गंगा आरती पछि उनले अौपचारिक रुपमा निर्वाचन प्रचार अभियान लाई सम्वोधन गर्दै सो कुरा वतायका हुन। आफू धर्म संस्कृति को पक्षधर रहेको कारण यसरी कार्यक्रम को सुभारंभ गरेको समेत उनले वताय ।आफु यो निर्वाचन क्षेत्र वाट गयको चुनावमा पराजय भय पनि क्षेत्र छोडेर नभागेको र भविष्यमा पनि तपाईं हरुको माझ मा रहने वताउनु भयो।आफू जनताको दुख र विकासको साथमा रहेको वताउदै गत निर्वाचनमा आफू हार्दा चितवन हरेको र प्रचण्डले जित्दा पनि जनताले चै हारेको वताउनु भयो।

 

परिवर्तनका लागि राजनीति गरेका भन्नेहरु लाई प्रस्न गर्दै उनले परिवर्तन जनताको झुपडीमा आयो या तपाईं हरुको जिवन सैलिमा? भन्दै कटाक्ष गरेका छन।उनले यो गठवन्धन कुनै राजनीतिक सिद्धान्त वा दर्सन वाट वनेको नभइ जसरि पनि सत्ता कव्जा गर्न र मुलुक लुटन वनेको वताउनु भयो।कुनै विषेश परिस्थितिमा एक पटक विषेश राजनीतिक समस्या समाधानको लागि गठवन्धन वनेको नभइ जो संग जो पनि मिल्न सक्ने जसरि पनि मुलुक लुटन वनेको गठवन्धनको विरुद्धमा जनता उठन पर्ने दिन आयको पनि वताउनु भयो।उनल अन्य दलका मतदाता लाई समेत एक पटक दल हैन मत परिवर्तन गरिदिन आग्रह गरेका छन।आफू सदैव जनताको साथ रहने असलि चितवनको छोरा भयको दावि गर्दै चितवनमा विदेशी पर्यटकमा मात्र नभयर उमेदवार हरु समेत पर्यटनको रुपमा आउन थालेको वताउदै यश पटक आफू निकै ठूलो मतान्तरले विजय हुने समेत दावि गरेका छन।

 

निर्वाचनको म‌ैदानमा देखियका मेरा प्रतिस्पर्धि हरुलाइ निकै मतको फरकमा हराउदै चितवन लाई पर्यटन उमेदवार को अन्तय गर्ने समेत वतायका छन। आफू संग समग्र चितवन विकासको खाका रहेको कारण यो निर्वाचनमा आफुले जिते चितवन लाई सवैले प्रशंसा गर्ने चितवन निर्माण गर्ने दावि गरेका छन। यो सरकार जनताको नभइ गठवन्धन को भयको कारण यो संग केही आसा नगर्न समेत वताउदै उनले मंसिर ४ पछि जनताको सरकार वन्ने र त्यसले समग्र जनप्रिय काम गर्ने समेत वताउनु भयको छ।कार्यक्रममा क्षेत्र नं ३ क का उमेदवार ज्ञान जंग लामा, ख का उमेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेता तथा कार्यकर्ता हरुको व्यापक उपस्थित रहेको थियो।