सुनाखरी न्युज/ काठमाडौं । सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुखकार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।
श्रेष्ठ एसिसिए (ACCA) हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।
यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि. (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्थियो । श्रेष्ठ सँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।