२०८१ पुष १२ , शुक्रवार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास , घटनामा १ जनाको ज्यान गयो

सुनाखरी न्युज /  इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पीटीआई पार्टीका अध्यक्ष इमरान खानमाथि बिहीबार गोली प्रहार भएको छ । उनी चढेको गाडीलाई लक्षित गर्दै गोली प्रहार गरिएको थियो । विरोध जुलुसका लागि पूर्वी सहर वाजिरावाद पुगेका इमरानमाथि गोली प्रहार गरिएको पीटीआईका नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले उल्लेख गरेको छ ।

 

गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले एक सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री खानलाई आफूले हत्या गर्न चाहेको तर असफल भएको बताएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा शब्दमा निन्दा गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । पाकिस्तानका मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, दलका नेतालगायतले घटनाको विरोध र निन्दा गरेका छन् ।

 

 

गएको अप्रिल महिनामा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीबाट हट्नुपरेपछि पाकिस्तान तहरीक ए इंसाफका अध्यक्षसमेत रहेका इमरान खानले देशव्यापी विरोध प्रदर्शन र र्‍याली गरिरहनुभएको छ ।पाकिस्तान तहरीक(ए(इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताउनुभएको खबरमा उल्लेख छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।