२०८१ मंसिर १२ , बुधवार

सन्राइज क्यापिटलको साधारण सभा सम्पन्न,शेयरधनीका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

सुनाखरी न्युज/ काठमाडौं । सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायककम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभामिति २०७९÷०७÷१८ गते शुक्रवारकादिनअलफ्ट होटल ठमेल काठमाडौंमाभब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुतभएका प्रस्तावहरुमाआ.व. २०७८÷०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब,नगद प्रवाह विवरण र आ.व. २०७९÷०८० कालागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मत बाट पारित गरियो ।

साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगदलाभांशवितरण गर्ने प्रस्तावसमेत पारित गरियो ।