२०८१ कार्तिक २३ , शुक्रवार

उचाइतिर सेयर बजार

सुनाखरी न्युज/ काठमाडौं । देशभर चुनावी माहोल बढिरहँदा त्यसको प्रभाव सेयर बजारमा समेत देखिन थालेको छ। आइतबार ४३.२० अंकले बढेर बजार १९६५.३६ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढ्दा सिटिजेन्स बैंक इन्टरनेशनलको मात्र सेयर मूल्य घटेको छ।

 

आइतबार १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ। सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहेका छन्। नेप्से परिसूचकमा अंक र कारोबार रकममा समेत वृद्धि भइरहेको देखिन्छ।  चाडपर्वको समयपछि चुनावी माहोलले छुँदा बजारमा हरियाली देखिँदै आएको विश्लेषण भइरहेको छ।

 

गएको साता पहिलो कारोबारमा सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको थियो। मंगलबार ५६.११ अंकले बढेको बजार बुधबार ७.३२ अंकले बढेर बजार १९३८.३० बिन्दुमा पुग्यो भने बिहीबार १६.१४ अंकले घटेको थियो।