सुनाखरी न्युज/ काठमाडौं । द्क्षिण एसियालि वादो काइ कराते महासघंको आयोजना र नेपाल वादो काइ कराते सघं गोङ्गबु डोजोको संयोजनमा भएको प्रतियोगिता नेपाल वादो काई कराते सघं शाखा डोजो गोङ्गबुको कभर्डहलमा सन्चालन भएको १८ औ WKI INTERNATIONAL KARATE CHAMPANSHIP 2022 सम्पन्न भएको छ ।
सो प्रतियोगितामा भारतका विभिन्न ठाउँबाट १०० खेलाडि, भुटानका ५ बाङ्ग्लादेशका १० श्रीलङ्काका ७ र नेपालका १५० खेलाडिहरुको सहभागिता रहेको थियो । सो खेलमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । भारत दोस्रो र श्रीलङ्का तेस्रो स्थानमा रहन सफल भएको थियो ।
सो खेल मा नेपालका पुरुष विधामा सुजित गुरुङ उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भए भने महिला विधामा सविना तामाङ उत्कृष्ट महिला खेलाडी बन्न सफल भएको कुरा सो प्रतियोगिताका आयोजकले बताएका छन ।