२०८१ मंसिर ५ , बुधवार

समाज र समृद्धिको विषयमा सबैको साझा हुँ : बराल

सुनाखरी न्युज/ पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्धिको विषयमा आफू सबैको साझा भएको बताउनु भएको छ ।

 

‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उहाँले भन्नुभयो – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

 

अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको बताउनुभयो । जनताको आशा विकास र समृद्वि भएपनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उहाँको भनाइ छ । उम्मेदबार बरालले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिनुभयो । विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उहाँको भनाइ छ । ‘जनताका आवश्यकता पुरा गर्छाै नै उहाँले भन्नुभयो, अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’

 

आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताउनुभयो । रुपाको घरदैलो र कोणसभामा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, नेताहरु यज्ञ बहादुर थापा, कृष्ण केसी लगायत सहभागि हुनुहुन्थ्यौं । उम्मेद्बार बराल सोमबार पोखरा १३ मा हुने घरदैलो र कोणसभामा सहभागि हुनुहुने छ ।