२०८१ पुष २७ , शनिवार

रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडले संयुक्त रूपमा नेपालमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने

सुनाखरी न्युज/ काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनीकजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापनागर्ने सम्बन्धमा सम्झौताभएको छ । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापनागर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । औपचारिक सम्झौतामा हस्ताक्षर कार्य दुबै समुहको विशिष्ट प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौँमा सम्पन्न भएको हो ।

 

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिकजलानर कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्धनिर्देशक अशोक कजारियाले हस्ताक्षर गर्नुभयो । यस सम्झौताअनुसार दुवै कम्पनीको लगानी ५०÷५०प्रतिशतहुनेछ रनेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापनागर्न सम्बन्धितकम्पनीको तर्फबाट सम्झौता भएको हो ।सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादनगर्ने नवनिर्मित कारखानाको उत्पादनक्षमता ८लाखवर्ग मिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपालीबजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिनेछ ।

 

नयाँ योजनाको बारेमाकजारिया सेरामिक्स लिमिटेडका संयुक्तप्रबन्धनिर्देशकश्री अशोक कजारियाले भन्नुभयो, “नेपालहाम्रालागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामीयहाँदुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमाहाम्रो उपस्थितिलाई अझबलियो बनाउनेछ। यो परियोजनातत्काल शुरु गरी आउँदो २०२३को अन्त्य सम्ममा सञ्चालनमाआउनेछ । हामीहाम्राविश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमाउपलब्ध गराउन चाहन्छौँ । हामीविश्वस्त छौँ की यो सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुनाउद्योग बन्नेछ जसमाअत्याधुनिकप्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथप्रयोजन गरिनेछ”।

 

रमेश कर्पकाकार्यकारी निर्देशक प्रतिकजलानले भन्नुभयो“यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजनागर्न महत्वपूर्ण टेवापु¥याउनेछ ।यो उद्योगबाट उत्पादितविश्वस्तरीय टाईल्स र अन्यउत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ”। रमेश कर्पकाउपाध्यक्ष रोहितगुप्ताले थप्नुभयो,“नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ । आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथैमुलुकमा ठूलो लगानीको वातावरणसृजनागर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछभन्ने कुरामाविश्वस्त छौँ”।

 

कजारिया सिरामिक्सको बारेमा :
कजारिया सेरामिक्स भारतमा सिरेमिक÷भिट्रिफाइड टाईल्स को सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । यसको भारतमा८ (आठ) उत्पादनकम्पनी छन् जुनउत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् । उत्पादनको वार्षिक क्षमता८४ मिलियनवर्ग मिटर रहेको छ । ३४ वर्ष पहिले स्थापनाभएको कजारिया आफ्नो कडा परिश्रम, नवोत्पादन र ग्राहकहरुको साथले अघि बढेको छ।

 

कजारियालेसिरेमिकवाल र फ्लोर टाईल्स हरूका३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादनगर्दै आइरहेको छ । साथै भिट्रिफाइड टाईल्स , डिजाइनर टाईल्स र अरु थुप्रैउत्पादनहरु बजारमाभित्राएकोछ ।कजारियाले आफ्नाग्राहकहरूलाई विश्व–स्तरीय प्रिमियम टाइलहरू प्रदानगर्न मार्गदर्शक बनेकोे छ र ‘एशियामोस्ट प्रमिसिङ्ग अवार्डस्ले’पक्कै पनि यो तथ्यलाई सुनिश्चितगर्दछ ।

 

रमेशकर्पको बारेमाः
५० वर्षभन्दा अघि स्थापनाभएको, रमेश कर्प वहुआयामिकएवं ठूलानिजीउद्योग तथाव्यापारिक समूहमध्य एकहो । स्थापनाकाल देखि नै रमेश कर्पआयातनिर्यात,संचार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत,खानीआदिमाप्रत्यक्ष संलग्नभई आईरहेको प्रसिद्व कम्पनी हो । आफ्ना सबै व्यवसायिकअभ्यासहरूमा“फरवार्ड टुगेदर”को मूलदर्शनलाई आत्मसातगर्दैआफ्नाग्राहकहरू, कर्मचारीहरू, लगानीकर्ताहरू, इकोसिस्टम साझेदारहरू साथै सम्पूर्ण राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकांक्षा राखेको छ।