२०८१ मंसिर १२ , बुधवार

नेपाल वेयर हाउजिङले पौने १४ करोडको आइपीओ जारी गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको चौथो बार्षिक साधारण सभाले १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

 

कम्पनीले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बाराबरको सेयर सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने जनाएको छ । कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिने गर्छ ।

 

कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड छ, जसमा बाँकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाईएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ ।

 

साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ । कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको छ ।

 

कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।