२०८१ पुष ११ , बिहिवार

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि बद्रीलाल नेपालीलाई

सुनाखरी न्युज/ काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफलभएकाबद्रीलालले सातौं चरणका खेलमाजर्नादनश्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे ।

 

तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमापहिलो उपाधिहो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलालबुकोल्स टाईब्रेकरका आधारमाच्याम्पियनबन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजनातथा समृद्धि फाईनान्सको मुख्यप्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफलभए । पूर्व नेशनल च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीकाविजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजितगर्दै ३० हजार नगदहातपारे । त्यसैगरी अर्का नेशनलच्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगदप्राप्त गरे ।

 

स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशीप अन्र्तगत सोमबारका दुबै खेल गुमाएपछि पूर्व नेशनलच्याम्पियननविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हातपारे । भक्तपुरका बलरामनापितपाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफलभए । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगदप्राप्त गर्न सफल रहे । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विकक्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगदप्राप्त गरे । भक्तपुरका गणेशमानदुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफलभएभने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीकालवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुपजनही ५ हजार नगदप्राप्त गर्न सफलभए ।

 

चार जनापूर्व नेशनलच्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपकाविजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्षविदुरप्रसाद गौतम समृद्धि फाईनान्सकाअध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिका निधि लोहनी, कान्तिपुर सिटी कलेजकाप्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।