२०८१ आश्विन ७ , सोमवार

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको खेलकुद सामाग्री सहयोग

सुनाखरी न्युज/ पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले नेपाल प्रहरी विद्यालय गण्डकी प्रदेशमा पठनपाठन गर्ने विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप तथा शारीरिक विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

 

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश अध्यक्ष दिपा जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा संघले फुटबल ५ थान, भलिबल ३ थान, वास्केटबल २ थान व्याडमिन्टन ६ सेट लगायत अन्य विविध खेलकुद सामाग्रीको साथमा खेलकुद पोशाक समेत गरी जम्मा ६५ हजार ८ सय ५० रुपैया बराबरको सामग्री हस्तान्तरण गरेको छ ।

 

खेलकुद सामाग्री हस्तातरण पश्चात कार्यक्रममा बोल्दै प्रमूख अतिथी जोशीले विद्यालय र बिद्यार्थीको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउदै संघले गरेको सहयोग सानो भएपनि बिद्यार्थीहरुको सिकाईमा ठुलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । हाल गण्डकी प्रदेश नेपाल प्रहरी बिद्यालय बेलचौतारा, तनहुंमा ५८० जना बिद्यार्थीहरु अध्यनरत रहेका छन ।