२०८१ मंसिर ९ , आइतवार

सेयर मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षमा मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ८७ कम्पनीलाई छनोट गरेको छ । मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने कम्पनीलाई नेप्सेले योग्य कम्पनी भनेर छनोट गर्ने प्रावधान छ ।

 

सोही प्रावधान अनुसार चालु आर्थिक वर्षका लागि नेप्सेले ८७ वटा सूचीकृत कम्पनी छनोट गरेको हो । गत आर्थिक वर्षमा ३३ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य सूचीमा रहेका थिए । चालु आर्थिक वर्षमा मार्जिन कारोबारका लागि छनोट भएका ८७ वटा कम्पनीमध्ये वाणिज्य बैंक उपसमूहका १७, विकास बैंकका ८, फाइनान्स कम्पनीका ५, होटल १, हाइड्रोपावर १३, जीवन बिमा ४, लघुवित्त कम्पनीहरु २९ र नागरिक लगानी कोष रहेका छन् ।

 

सञ्चालनमा रहेका ५० वटा ब्रोकरमध्ये हालसम्म २२ वटाले मात्र मार्जिन कारोबारका लागि नेप्सेबाट अनुमति लिएका छन् । तीमध्ये नासा सेक्युरिटिज, ५८ नम्बरले यही कात्तिक ३ देखि मार्जिन कारोबार सुरु गरिसकेको जनाएको छ ।