२०८१ मंसिर ९ , आइतवार

सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा

सुनाखरी न्युज/ काठमाडौं ।सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम आधा घटेको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ५ करोडमा खुम्चिएको छ ।

 

नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ । ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे ।

निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे । लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे ।