२०८१ आश्विन ७ , सोमवार

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमित थपिए

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा एक हजार १५० वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १२ जनाको नतिजा पोजिटिभ आएको हो । ५१९ नमुनाको पीसीआर परीक्षण गर्दा १० र ६३१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

 

यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार १६८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।