२०८१ आश्विन ६ , आइतवार

त्यो पहिरन जसले अभिनेत्री उपासनालाई विवादमा ल्यायो …

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् ।

आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर ठकुरी विवादमा तानिएकीहुन् ।

 

‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको थियो । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ ।

उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू) र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ । यो गाउनलाई सुनिता श्रेष्ठले डिजाइन गरेकी हुन् ।

उपासनाको यो पोष्टमा फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रामक देखिएका छन् । उनीहरुले उपासनाको उक्त पहिरनले धार्मिक आस्था र विश्वासमा प्रहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

कतिपयले धर्म र सम्पदाको अपमान भएकोदेखि गीतको कन्सेप्टसँग कस्ट्युम नमिलेको तर्क गरेका छन् । केहीले मात्र उक्त कस्ट्युमको प्रशंसा गरेका छन् ।

यो गीतमा उपासनाले आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गरेकी छन् भने पुस १५ गते फिल्म रिलिज हुँदैछ ।