२०८१ पुष २७ , शनिवार

बि एण्ड बि हस्पिटलले राष्ट्र र जनसेवाको २५ औ वार्षिकोत्सव मनाउँदै

सुनाखरी न्युज/ काठमाडौं । बि एण्ड बि हस्पिटलले यो हप्ता नेपाली जनताहरु प्रतिको सेवाको २५ औं वर्ष पूरा गर्दैछ । यो सबै चुनौतीहरु प्रतिबिम्बित गर्नको लागि एक अत्यन्त महत्वपूर्ण समय हो, जसलाई दुईजना प्रतिबद्ध व्यक्तिहरुद्वारा डटेर सामना गरिएको थियो र यो सफलतामा ती नै दुई व्यक्तिको दिगो मित्रता एवं सद्भावपूर्ण सहयोगको सार्थक भूमिका रहेको छ ।

नितान्त व्यक्तिगत वा अझ बढी स्पष्टताका साथ भन्ने हो भनें ४ दशक वा त्यो भन्दा अघि, जब डा.जगदिश लाल वैद्य र डा.अशोक कुमार बास्कोटा सेवा गर्न नेपाल फर्किएका थिए त्यस समयमा गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्धित अवस्थामा थिए । त्यस समयका ठूला चुनौतीहरु (स्वास्थ्य क्षेत्रमा अत्यन्त सामान्य र मध्यम निर्देशनहरुसहित सुरक्षित एवं सही स्वास्थ्य सेवाहरुको अभाव) देखेर यी होनहार युवाद्वयले राष्ट्रको लागि आ–आफ्नो तर्फबाट योगदान गर्ने वातावरण सिर्जना गरे । हाल संचालनमा नरहेको शान्त भवन अस्पतालबाट वर्षौंदेखि झाँगीएको दुईको मित्रता ७० शैय्याको काठमाडौं नर्सिङ्ग होममा गरिएको १६ वर्षभन्दा बढीको वर्षौंको सहकार्यबाट परिपक्व बन्न पुग्यो ।

यस दौरानमा दुवै “बि” ले नेपाली सेना अस्पतालमा पनि(आग्रह गर्दा) केही समय सेवा प्रदान गरे । यससंगैं डा. जेएलबिले २० वर्षभन्दा बढी समय शल्यक्रिया प्रमुखको रुपमा काम गरेको नयाँ पाटन अस्पतालको शल्य चिकित्सा सेवाहरुको स्तर एक नयाँ उचाईमा पुग्छन् । यसैगरी डा. एकेबिले सन् १९८५ मा एचआरडिसिको (बाल अस्पताल) स्थापना नहुँदासम्म आनन्दवन कुष्ठरोग अस्पताल र शीर मेमोरियल अस्पतालमा कयौं वर्षसम्म स्वयम्सेवकको रुपमा काम गरेर आफ्नो विशेज्ञताको पूर्ण रुपमा उपयोग गरेका थिए । एचआरडिसिको स्थापना पश्चात् नेपालमा विपन्न बालबालिकाको व्यापक उपचार सेवा शुरु भएको थियो ।

 

अढाई दशकभन्दा बढी समयदेखि यी दुई दृढनिश्चयी बि बि ले एकै समयमा दुई काम गरे, जुन आजको दिनमा सुन्न पाइन्न! टोलीको विकास, कनिष्ठहरुलाई तालीम र सुरक्षित गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उनीहरुको उद्देश्य हो । बि एण्ड बि हस्पिटल यी नै दुई अग्रणीहरुको यी सबै सामूहिक अनुभवहरुको पराकाष्ठा हो, जसलाई अस्पतालका सबै कर्मचारीहरुले बा भनेर सम्बोधन गर्दछन् !

 

बि एण्ड बि हस्पिटल अब एक बहु–विशेषताले भरिएको ऊर्जाशील अस्पताल बनेको छ, जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् र यो गुणस्तरीय÷करुणामय उपचारको लागि देशको कुना कुनासम्म प्रसिद्ध छ । स्तरोन्नति गरिएको पूर्वाधार सहितको अस्पतालको एक नयाँ खण्ड अब आम नागरिकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न तम्तयार गरिएको छ । विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले निरन्तरता पाइरहेको छ । बि एण्ड बि हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपा स्थित एचआरडिसि (बाल अस्पताल) मा आवश्यकता अनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् र बि एण्ड बि अस्पतालले एचआरडिसि लाई आवश्यक परेको कुनै पनि अतिरिक्त सहयोगहरु प्रदान गर्ने गरेको छ ।

 

बि एण्ड बि हस्पिटलले यसको सम्बधन रहेको एचआरडिसि संग मिलेर २०७२ सालको महाभुकम्पको अवस्थामा प्रदान गरिएको उल्लेख्य क्रियाकलापहरु र सेवाहरुले विपत्तिहरुमा आइपर्ने चुनौतीहरुलाई सामना गर्न सक्षम बनाइदिएको छ । बैद्य र बास्कोटा (बि एण्ड बि) हस्पिटल परिवार राष्ट्र प्रति गरिएको विगत २५ वर्षको सेवालाई सगर्व प्रतिबिम्बित गर्दछ र डा.जे एल बैद्य र डा. ए के बास्कोटाद्वारा बि एण्ड बि हस्पिटललाई आजको अवस्था ल्याइ पु¥याउन बितेको ४ दशकमा गरिएको साहस, दूरदृपष्ट र प्रयासको सह्राहना गर्दछ । बि एण्ड बि हप्सिटल ग्वार्को, ललितपुरमा अवस्थित छ ।