सुनाखरी न्युज/ पश्चिम् नवलपरासी । पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ सालबासको कार्की टोलमा स्थाई बसोबास गर्दै आउनु भएका सामाजिक ब्यक्ति हुन राष्ट्रिय स्वतन्त्र पार्टी परासी क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उमेदवार मदन पौडेल ( राज ) २०४५ बैशाख १३ गते तनहुँ जिल्लामा जन्मिका पौडेल बाल्यकाल तनहुँमै बित्यो ।
एउटा सामान्य मजदूर किसान परिवारमा जन्मिएका पौडेलका बाबु आमा कामको सिलसिलामा भारत जानू भयो १० बर्ष सम्म तनहुँ बसेका पौडेल बाबु आमा सङै भारत गए कक्षा ४ सम्म तनहुँ पढेका पौडेल को बाकी शिक्षा भारतमै भयो। २०८९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी परासी क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उमेदवार बनेका पौडेलले MSW (मास्टर ऑफ सोसल वर्क) को अध्ययन गरे र त्यस पछी १० वर्ष अध्ययन अनुसारकै कार्य महिला एवं बाल विकासको क्षेत्रमा मुख्यतः ECCD (early childhood care and development) कार्यमा प्रशिक्षक गरे।
उनले नेपाल खुल्ला छ अभियान, डॉ गोबिन्द के सी ज्युको आन्दोलन, लोकमान सिंह कार्की विरुद्ध नागरिक आन्दोलन लगाएत नवलपरासी जिल्लाको गुठी परसौनी मुसहर बस्तिमा न्यानो माया अभियान अन्तरगत लत्ता कपड़ा वितरण, १७ पटक रक्तदान लगायतका कामहरु निरन्तर गरि रहे।हाल देशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले अहिले नमस्ते नेपाल कोशेली मार्ट ( a made in nepal store) नामले एउटा स्टोर संचालन गरी स्वदेशी उत्पादनको प्रोत्साहनको लागी काम गरिरहेको बताउछन ।
बाध्यताले भारत पसेका पौडेल देशको माया र देशको परिस्थितीले घचघचाई रह्यो देशमा भएको राजनिती उथलपुथल, महङ्गी, भष्ट्चार लाई न्यूनीकरण गर्न पौडेल राजनितिमा होमिएको बताउछन ।उनले भावुक हुँदै भने “अरु नेताले देश बिकास गरेको भए हामी राजनितिमा आउनु पर्थेन विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडी बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन।
लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइनै रहे। सबै पार्टी हरु को सरकार बन्दा पनि शिक्षा र स्वास्थ्य जस्तो आधारभुत आवश्यकता सर्वसाधारण को पहुँचमा पुग्न सकेन जसका फलस्वरूप डॉ गोविन्द के सी ज्यु लाई २०-२० पटक अनशन बस्ने स्थिति बन्यो , युवा हरु लाइ देश मैं गरी खाने वातावरणको सृजना हुन सकेन जसका फलस्वरूप दिनकै हजारौं युवा बिदेशिन बाध्य छन सर्वोच्चले समेत आदेश दिंदा पनि उहाँ हरुले बिदेश बाट भोट दिने अधिकार प्राप्त गर्न सक्नु भएको छैन। हरेक विभाग , हरेक निकायको राजनीतिकरण गरियो की न्यायालय , अख्तियार आयोग जस्तो संस्था हरु पनि राजनीतिको चक्रव्युहमा फसेका छन। देशमाँ उधोग, कल कारखाना को अभाव , कृषक हरुको हरिबिजोग भएको छ , यो सबै जनसरोकार का मुद्दा हरुलाई नीतिगत तह बाट नै सम्बोधित गर्नु पर्छ भन्ने मेरो मान्यता हो क़ुरा बिकास र समृध्दिको क़ुरा गर्दा जहिले पनि यातायात बाटाघाटा र भौतिक कुराहरुको क़ुरा गरिन्छ तर समृध्दि भनेको यो मात्र होइन , मान्छेको खुशी पनीं समृध्दि को हिस्सा हो । यसका बिना बिकास त हुन सक्ला तर समृध्दि असंभव छ । जसका फलस्वरूप मैले उम्मेदवारी दिएको छु।”
मेरो दर्शन :- गतिशील माध्यम मार्ग
मेरो लक्ष्य –
1) बिबेकशील समाज,
2) सेवक सरकार ,
3) उद्धमशील नेपाली ,
4) हितकारी राज्य ,
5) स्वाभिमानी राष्ट्र ।