२०८१ पुष २७ , शनिवार

२ लाख पुगे डिशहोम फाइभरनेटका प्रयोगकर्ता

सुनाखरी न्युज/ काठमाडौं । सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाइभरनेटले २ लाख ग्राहक बनाउन सफल भएको छ ।

 

पछिल्लो समय डिशहोम फाइभरनेटले आक्रामक रुपमा बजार विस्तारगर्दै आफ्नो सेवा देशको सातै प्रदेशमा पु¥याउन सफल भएको छ ।डीटीएच सेवामार्फत् ग्राहकहरुको मन जित्न सफल कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दुर सञ्चार प्राधिकरण वाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरेको थियो ।

 

उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाईवरनेट ग्राहकहरुको पहिलो रोजाई हुन पुगेको छ । आकर्षक छुट, निशुल्क डिशहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज अहिले डिशहोम फाइभरनेटले प्रदान गरिरहेको छ ।