२०८१ मंसिर ५ , बुधवार

कार्तिक २५ गते काठमाडौंमा राप्रपाको आमसभा, लिङदेनले सम्बोधन गर्ने

सुनाखरी न्युज / काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पार्टीका वरिष्ठ नेताहरूले कार्तिक २५ गते काठमाडौंमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

 

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कार्तिक २४ गते एकदिन ६ वटा सभाको आयोजना गरेको छ । अध्यक्ष लिङदेन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन ।

 

यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसंग जोड्न मतदातासँग मत मागिरहेको छ । अध्यक्ष लिङदेन झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका उमेदवार छन ।