२०८१ मंसिर ५ , बुधवार

विप्लवका चारजना कार्यकर्ता पक्राउ

सुनाखरी न्युज / काठमाण्डौ –   निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा म्याग्दीमा विप्लवका चारजना कार्यकर्तालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

 

बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

 

उषा नेकपा सिका जिल्ला सेक्रेटरी, नविन सि युवा संगठनका जिल्ला अध्यक्ष हुन । चारजनालाई नै जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।