२०८१ मंसिर ८ , शनिवार

धानको समर्थन मूल्य तोकियो

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले धानको समर्थन मूल्य तोकेको छ ।  सरकारले गत वर्षको भन्दा मध्यम धानको क्विन्टलमा दुई सय २६ रुपैयाँ तथा मोटाको दुई सय १५ रुपैयाँले बढाएर समर्थन मूल्य तोकेको हो ।

मध्यम धानको प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँ र मोटा धानको दुई हजार ९६७ रुपैयाँ तोकिएको छ ।

 

गत वर्ष मध्यम धानको दुई हजार ९०२ तथा मोटाको दुई हजार ७५२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानसँग व्यवसायी सहकारीले धान किन्नुपर्छ ।