२०८१ मंसिर १२ , बुधवार

जनताको समस्या हेरेर काम गर्छु : भण्डारी

सुनाखरी न्युज/  पोखरा । पोखरा महानगरपालिका २१ मा प्रदेश सभा सदस्यका उमेरदार बिजय बहादुर भण्डारीले अरुले के गरे भन्दा पनि जनताको समस्या हेरेर काम गर्ने बताएका छन् ।

 

जनताका समस्या प्रति जानकारी लिदै अरु ठुला पर्टीले के बोले के भने भन्दा पनि चुनाव जितेपछी आफुले जनताको आवश्यकता र समस्या समाधान गर्न लग्ने उनले जनतासंग घरदैलोको क्रममा बाचा गरे । आफुले बोलेका र घोषणा पत्रमा लेखेका कुरा पुरा गरेर नै छाड्ने बताए । पोखरा २१ निर्मल पोखरी सुनार गाउँ निवासी धनिमाया सुनारले राज्यले दलितलाई भनेर दिने रकम पनि पाउन नसकेको र राज्यले दिने सेवा सुबिधाहरु सतmा र पहुचमा भएकाले मात्र उपभोग गरेको भन्दै दुख सुनाइन । ‘हामी दलित बर्गका मानिसलाई राज्यले पछिपार्ने काम गरेको छ,‘उनले भनिन,‘अहिले सत्तामा भएका राजनिति पार्टीले देशको र जनताको हितहुने काम गर्न सकेका छनैनन ।’

 

प्रदेश सभा सदस्यका उमेरद्धार भण्डारीले जनताको दुःख र खुसीनै आफनो रहेको भन्दै हरेक जनताको खुसीको लागि आफु राजनितीमा होमिएको बताइन । ‘मेरो जिवनको हरेक सपनाहरु जनताको हित र भलाईको लागी हुने छ,भण्डारीले भने,‘ अन्य राजनिति पार्टीले चुनावको बेलामा झुटा आश्वासन म दिन्न ।’ इमान्दारीता देखाउनको लागि उम्मेदवारी दिएको भण्डारीले बताए । देशमा धेरै राजनिति परिवर्तन हुँदा जनताको जिवन स्तरमा कुनै परिवर्तन नभएको, ठुला राजनिति पार्टीका नेताका र कार्यकताको मात्र जिवनस्तर परिवर्तन देखीनु दुखद रहेको बताए ।